राजविराज, ८ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।
आइतबार दिउँसो सकिएको मतगणनामा ५ हजार ४२सहित एमाले उम्मेदवार बसन्त मिश्र कन्चनरुपको मेयर निर्वाचित भए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललन गुप्ताले ४ हजार २७५ मत पाए ।
उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल ४७५८ मतसहित बिजयी भइन् । निकटम प्रतिद्वन्द्वी एमालेकी आशरादेवी चौधरीले ४५२२ मत पाइन् ।











प्रतिक्रिया