११ मंसिर २०८३, शुक्रबार

जनकपुर उपमहानगरमा राजपा भारी मतले विजयी, २५ वडामा कुन दलले कति जिते ?

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ८ असोज (रासस) । जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

राजपाका प्रमुखका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपप्रमुखमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र काँग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याउनुभएको छ ।

उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वटा वडा, काँग्रेसले सात वडा, संघीय समाजावादी फोरम नेपालले तीन, नेकपा (एमाले)ले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन् ।