११ मंसिर २०८३, शुक्रबार

गायिका ओली सोमबार एमालेमा प्रवेश गर्ने, केपी ओली घोराही आउँदै (विज्ञप्तिसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ८ असोज । राप्रपा केन्द्रीय सदस्य तथा गायिका कोमल ओली असोज ९ गते विधिवत रुपमा एमालेमा प्रवेश गर्ने भएकी छिन् ।

नेकपा (एमाले) दाङले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार राप्रपा केन्द्रीय सदस्य ओली एमालेमा प्रवेश गर्न लागेकी हुन् । अध्यक्ष केपी ओलीले गायिका ओलीलाई एमालेको सदस्यता प्रदान गर्ने छन् ।

असोज ९ गते बिहान ११ बजे सल्यानी भवन घोराहीमा एमाले दाङ जिल्ला कमिटीको आयोजनामा वृहत कार्यकर्ता भेला हुन लागेको छ ।

सो भेलालाई सम्बोधन गर्न अध्यक्ष ओलीसँग उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेलसहितका नेताहरू घोराही आउँदै छन् ।

सो कार्यक्रममा गायिका ओलीले विशेष प्रस्तुति पनि दिने छिन् । गायिका ओलीसँग राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा घोराही नगरपालिकाको मनोनीत मेयर बनेका बलिभद्र राना पनि प्रवेश गर्ने तयारी गरेका छन् ।