११ मंसिर २०८३, शुक्रबार

प्रदीप नेपालले दिए एमाले नेताहरूलाई घत लाग्दो सुझाव

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेकपा (एमाले)का प्रभावशाली नेता प्रदीप नेपालले मधेसमा एमालेको हार स्वीकार गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर नेता नेपालले मधेसमा एमाले हारेकै हो भनेका छन् । उनले एमाले मधेसमा हार्नुको कारण भारतलाई दिएका छन् ।

‘नेकपा (एमाले)का साथी हो, मधेसमा पार्टीले हारेकै हो । यसलाई सहज ढंगले लिनुस् । भारतले काँध फे¥यो । कांग्रेस–माओवादीको जितको कारण यही हो’, नेता नेपालले आफ्नो स्ट्याटसमा भनेका छन् ।

मधेसमा एमालेको नराम्रोसँग पराजय भइरहेको र केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला एमालेका एकजना प्रभावशाली नेताले गरेको टिप्पणीले एमालेमा तरंग ल्याइदिएको छ ।