१५ कार्तिक २०८३, आइतबार

एमालेका कार्यकर्ताले किन गरे यस्तो काम ?

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ८ असोज । बृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जितेपछि नेपाली कांग्रेसले निकालेका र्यालीमा एमाले कार्यकर्ताले आक्रमण गर्दा चारजना घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता हुन् ।

बृन्दावन नगरको मेयर पदमा रामस्नेही यादव र उपमेयरमा नुरजहाँ खातुन निर्वाचित भएको घोषणा शुक्रबार साँझ भएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

शनिबार बिहान कांग्रेस कार्यकर्ता र्यालीसहित यादवको घर क्षेत्र विश्रामपुरतर्फ जाने क्रममा हर्षाहा टोलमा एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।
समान्य विवाद झडपमा परिणत भएको थियो ।

बाँसको भाटासहित घरेलु हतियार बोकेका एमाले कार्यकर्ताको आक्रमणबाट शेख खैरुल्लाह, शेर हेमराजुल, शेख जाहिर मोहम्मद सैमुल्लाह घाईते भएका छन् ।