११ मंसिर २०८३, शुक्रबार

टीकापुरमाथि राज्यमन्त्रीको गाडीमाथि सांघातिक आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर, ८ असोज । कैलालीको टीकापुरमा बजार अनुगमन टोलीको नेतृत्व गरिरहेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले प्रयोग गरेको गाडीमा आक्रमण भएको छ ।

टीकापुर बजारमा रहेको विष्ट आयल स्टोरलगायतका पसलमा अनुगमन गरिसकेपछि स्थानीय सिद्धार्थ होटलमा पुगेका राज्यमन्त्री विकले प्रयोग गरेका बा १ झ ९६६९ नम्बरको जिप होटल परिसरमा रोकिएको अवस्थामा तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । स्थानीय व्यवसायीले आक्रमण गरेपछि गाडीको पछाडिको भागमा क्षति पुगेको छ ।

बजार अनुगमनका नाममा पसलमा सिलबन्दी गर्ने प्रयास गरेको भन्दै विरोधमा उत्रिएका व्यापारीले जिपमा तोडफोड गरेको जनाइएको छ ।

प्रहरीले घटनापछि टीकापुर उद्योग वाणिज्य संघका दुई व्यवसायीलाई पक्राउ गरेको छ । घटनापछि आपूर्ति राज्यमन्त्री र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा समस्या समाधानको प्रयासका लागि सर्वपक्षीय बैठक बसेको छ ।

राज्यलाई तिर्नुपर्ने कर नबुझाउनेमाथि कारबाही गर्नुको साटो जिल्लाका साना व्यापारीलाई चाडवाडको समयमा जथाभावीरुपमा बजार अनुगमनको नाममा दुःख दिइएको भन्दै स्थानीय व्यापारीले विरोध गरेका हुन् ।

अनुगमन टोलीले तीन दिनअघि धनगढीका दुई पसलमा शिलबन्दी गरेको थियो ।