काठमाडौं, ८ असोेज । मनमैजु तेक्वान्दो डोजाङकी रशिला तामाङ र आयोजक ढल्को तेक्वान्दो डोजाङका सुमन उप्रेती प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शनिबार ढल्कोमा भएको प्रतियोगितामा रशिलाले महिला ४६ केजीमुनि र सुमनले पुरुष २८ केजीमुनि तौलसमूहमा स्वर्ण पदक जितेका थिए ।
उत्कृष्टलाई काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र आयोजक डोजाङका प्रमुख राजेन्द्र पुजारीले ट्रफि तथा मेडल प्रदान गरिन् ।
ढल्को तेक्वान्दो डोजाङद्वारा आयोजित २ दिने प्रतियोगितामा दिलिप स्मृती डोजाङले ३ स्वर्ण,४ रजत र २ कास्यं पदक जित्दै टिम च्याम्पियनको उपाधि उचाल्न सफल भयो ।
लैनचौर डोजाङले ३ स्वर्ण र ५ कांस्य पदक जित्दै दोस्रोमा सीमीत भयो । मनमैजुका डोजाङले २ स्वर्ण,४ रजत र २ कांस्य पदक हात पार्दै तेस्रो स्थान प्राप्त ग-यो ।
आयोजक ढल्कोले २ स्वर्ण, ३ रजत र ८ कांस्य पदक जित्न सफल भयो । प्रतियोगितामा माइती नेपालले अनुशासित टिमको ट्रफि प्राप्त ग-यो ।
प्रतियोगिताका विजेता खेलाडीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी,काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी,वडा नम्बर १७का अध्यक्ष नविन मानन्धर,प्रतियोगिता संयोजक गोपी पुनमगरल र डोजाङ प्रमुख राजेन्द्र पुजारीलगायतले पुरस्कृत गरे ।
सोही अवसरमा डोजाङले काठमाडौं महानगर वडा १७ का अध्यक्ष नविन मानन्धर,समाजसेवी सुविन्द्र शाही र उपमेयर हरिप्रभा खड्गीलाई सम्मान गरेको छ ।
उनीहरुलाई युवा तथा खेलकुदमन्त्री केसी र डोजाङ प्रमुख राजेन्द्र पुजारीले सम्मान गरे । महिलामा ५ र पुरुषमा १० गरी कुल १५ तौलमा प्रतिस्पर्धा हुने आयोजक ढल्को डोजाङका प्रमुख राजेन्द्रपुजारीले बताए ।
प्रतियोगिताको टिम च्याम्पियन,दोस्रो र तेस्रो तथा अनुशासित टिमले ट्रफि प्राप्त गर्ने प्रतियोगिता संयोजक गोपी पुनमगरले बताए । महिला र पुरुषका बेस्ट फाइटरलाई पनि ट्रफि प्रदान गर्ने डोजाङ प्रमुअ पुजारीले जानकारी दिए ।















प्रतिक्रिया