धनुषा, ७ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत धनुषाको जनकपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । यहाँ १३ नम्बर वडामा एमालेको प्यानलै विजयी भएको हो । उपमहानगरको प्रमुखमा भने राजपाले अग्रता लिइरहेको छ ।
जनकपुर घर भएका युवा संघका नेता सञ्जीव कुमार झाका अनुसार जनकपुर उपमहानगरको १३ नम्बर वडामा एमाले उम्मेदवार नारायण मण्डल वडाध्यक्ष निर्वाचित भए । साथै सम्पूर्ण वडा सदस्य पनि एमालेबाटै निर्वाचित भए ।
१३ नम्बर वडामा निर्वाचित मण्डल युवा संघ नेपालका नेता हुन् ।











प्रतिक्रिया