काठमाडौं, ७ असोज । प्रदेश नम्बर दुईको एकमात्र वीरगञ्ज महानगरपालिको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसमा सुरुदेखि अग्रता लिइरहेका नेपाली काँग्रेस र राजपा पछि परेका छन् ।
३९ हजार मत गणना हुँदा संघीय समाजवादी फोरम नेपालले कांग्रेस र राजपालाई उछिन्दै अग्रता लिएको हो ।
पछिल्लो परिणाम अनुसार फोरमका उम्मेदवार विजय सरावगीले ८ हजार ४ सय १० मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार अजय द्विेदीले ८ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले ६ हजार १ सय ४३ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया