काठमाडौं, ७ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । यद्यपी उनले बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
देशमा बाढी पहिरोको कारण दुःख परेको अवस्थामा पूर्वराजा शाहको आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रद्ध गरिएको स्वकीय सचिव फणिन्द्र पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
विज्ञप्तिमा पूर्वराजा शाहले देशमा प्राकृतिक विपत्ति आएको र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले टिका नलगाउने निर्णयमा पुगेको तथा आफ्नो चिन्ता, प्रार्थना र चासो समग्र नेपालको हितमा रहेको उल्लेख गरेका छन् ।
बिगतका बर्षहरुमा दशैंको अष्टमीको दिन शक्तिपीठहरुमा दर्शन गर्ने गरेका पूर्व राजाले यो पटक दर्शन गर्ने कार्यक्रम समेत नरहेको स्पष्ट पारिएको छ ।












प्रतिक्रिया