११ मंसिर २०८३, शुक्रबार

मधेस आन्दोलनको उदगम स्थलमै एमालेको सानदार जित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ७ असोज । मधेस आन्दोलनको उदगम स्थल मानिने सिरहाको लहान नगरपालिकामा नेकपा एमालेले सानदार जित हात पारेको छ । यहाँ एमालेका मुन्नी साह मेयर र उपमेयरमा सरियार चौधरी निर्वाचित भए ।

मधेसवादी दलले एमालेलाई मधेसमुक्त बनाउछु भनिरहेका बेला उनीहरुले आन्दोलनको सुरुवात गरेको उदमग स्थलमै जितेर एमालेले आफूलाई मधेसको शक्ति प्रमाणित गरेको छ ।

मुन्नीले २१ सय ३० मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराए । उनले ११ हजार ३०७ मत ल्याएर बिजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १७७ मत पाए ।

त्यसैगरी उपमेयर सरियार चौधरीले १२ सय ६२ को फराकिलो मत अन्तरले नेपाली कांग्रेसका पुनम चौधरीलाई हराए । सरियारले ११ हजार १६८ मत ल्याएर उपमेयरमा बिजयी बने । निकटतम प्रतिद्वन्द्वी पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गरेकी छन् ।

२४ वटा वडा रहेको लहान नगरपालिकामा एमालेले ९ वडा जित्यो । वडा नम्बर ५, ९, १०, ११, १३, १७, १८, १९ र २४ मा जीत दर्ता गराएको हो ।
यस्तै, वडा नम्बर १, २, ३, ४, ६, १२, १४, १५, १६ र २३ मा कांग्रेस बिजयी भएको छ । त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ३ र माओवादी केन्द्रले २ वटा वडा जितेका छन् ।

लहान मधेस आन्दोलनको उदगम स्थल हो । यहाँ प्रथम सहिद लगायत आन्दोलनका सहिदहरुको शालिक समेत राखिएको छ । जसलाई सहिद चोक पनि भन्ने गरिन्छ । मधेसवादी दलले एमालेलाई मधेसमुक्त बनाउछु भनिरहेका बेला उनीहरुले आन्दोलनको सुरुवात गरेको उदमग स्थलमै जितेर एमालेले आफूलाई मधेसको शक्ति प्रमाणित गरेको छ ।