११ मंसिर २०८३, शुक्रबार

सर्लाहीमा एमालेको अर्काे जित, लालबन्दीमा मानबहादुर खड्का बने मेयर

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ७ असोज । सर्लाहीमा नेकपा एमालेले अर्काे जित हात पारेको छ । यहाँको लालबन्दी नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित अधिकांश वडामा वर्चश्व जमाएको हो ।

शनिवार बिहान सम्पन्न मतगणनामा एमालेका मानबहादुर खड्का ८ हजार ९४९ मतसहित विजय भए । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका इन्द्रबहादुर योञ्जन ५ हजार ६ सय ३९ मतमा समेटिए ।

उपमेयरमा एमालेकै शान्तिकुमारी लामा ७ हजार ९३४ मतसहित विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ता उपाध्यायले ५ हजार ५६१ मत ल्याइन् ।

यसअघि एमालेले सर्लाहीको हरिवन नगरपालिकामा मेयर र उपमेयर जितिसकेको छ ।