११ मंसिर २०८३, शुक्रबार

कांग्रेस कोषाध्यक्षको जिल्ला सिरहामा कांग्रेसभन्दा एमाले दोब्बर बलियो !

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ७ साउन । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवको जिल्लामा कांग्रेसकै हरिविजोग भएको छ ।

सिरहामा कोषाध्यक्ष यादवको प्रभाव शून्य सरह देखिएको छ । सिरहाका अधिकांश स्थानीय तहमा अन्य दलहरूले बाजी मारेका छन् ।

सिरहाको १७ मध्ये १६ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ ।

माओवादी केन्द्र – ४ नगरपालिका सहित ६, एमाले – २ नगरपालिकासहित ४, संघीय समाजवादी फोरम – ४ गाउँपालिका, कांग्रेस – १ नगरपालिका सहित २ स्थानीय तहमा विजयी भएको छ ।

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकामा संघीय समाजवादी फोरमका रामबल्लभ साह ४००४ र उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३६४६ मतसहित विजयी भएका छन् ।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट अध्यक्षमा चतुरानन्द ठाकुरले ३२४५ र उपाध्यक्षमा अमरकला यादव ३३७१ मत पाए ।

लहान नगरपालिका प्रमुखमा एमालेका मुनि साह सुडी ११३०७ मतसहित विजयी भएका छन् । उपप्रमुखमा एमालेकै सरियारकुमारी चौधरी १११६८ मतसहित विजयी भए ।

गोलबजार नगरपालिकामा माओवादी केन्द्रका देवनाथ साह ६४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा यशु ६३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएकी छन् ।