११ मंसिर २०८३, शुक्रबार

अमरेश सिंहलाई आफ्नै नगरपालिकामा लाग्यो झट्का

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ७ असोज । नेपाली कांग्रेसका नेता तथा सांसद अमरेश कुमार सिंहको घर रहेको बलरा नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा अभय सिंह र उपप्रमुखमा रामसखीदेवी कुशवाहा विजयी भएका हुन् ।

महन्थ ठाकुरलाई पराजित गरेर संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएका सांसद सिंहले आफ्नै नगरपालिका गुमाउन पुगेका छन् ।

सांसद सिंहलाई आफ्नै गृह जिल्लामा राजपाका उम्मेदवारले गोली समेत प्रहार गरेका थिए । बालबाल बचेका सांसद सिहको प्रभाव सर्लाहीमा क्रमशः घट्दै गएको विश्लेषण हुन थालेको छ ।