१ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय कबड्डीमा नेपाल र भारत फाइनलमा प्रवेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन् । नेपालले एक/एक जित र हारको सामना गर्दै ३ अंक जोड्यो । दुवै खेलमा जित निकालेको भारतले ६ अंक बटुल्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा भारतले नेपाललाई ५१–२६ ले पराजित ग¥यो । भारतका अमित नगर उत्कृष्ट रेडर तथा विनित शर्मा उत्कृष्ट केचर चुनिए ।

नेपाल र भारत भिड्नु अगावै दुवै टिम फाइनलमा पुगिसकेका थिए । त्यस खेल अगाडि नै दुवैले बंगलादेशलाई हराइसकेकाले दुवैको स्थान फाइनलमा सुरक्षित भइसकेको थियो ।

शुक्रबारै भएको पहिलो खेलमा भारतले बंगलादेशलाई १७–९ ले हराएको थियो । त्यस्तै प्रतियोगिताको पहिलो दिन बिहीबार नेपालले बंगलादेशमाथि ३७–३५ को जित दर्ता गरेको थियो । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।