सिरहा, ६ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा एमालेले सिरहामा अर्काे जित हात पारेको छ । यहाँको सखुवानान्कारकट्टी गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको हो ।
भर्खरै प्राप्त नतिजाअनुसार प्रमुखमा एमालेका केदारनाथ यादव ३१५५ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका राम नारायण यादवमा २२६७ मतमा सिमित भए ।
उपप्रमखमा एमालेकै अमलादेवी यादव २९३७ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत गोपीलाल नेपालले जानकारी दिए । उनका अनुसार निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमकी शोभा कुमारी यादवले २३२८ मत पाइन् ।
यसअघि नरहा गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो । गाउँपालिका प्रमुखमा एमालेका रामशरण यादव र उपप्रमुखमा गुलावदेवी यादव निर्वाचित भएका छन् ।












प्रतिक्रिया