रामेछाप, ६ असोज । रामेछापमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । र, १८ जना घाइते भएका छन ।
रामेछापको च्यास्कुबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस वितिटारको मोडबाट झण्डै ३० मिटर तल खस्दा भएको दुर्घटनामा रामेछाप नगरपालिका ८ का दीपक श्रेष्ठ, रामेछाप नगरपालिका ६ की उमा खड्का र बालकुमारी बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
तीव्र गतिमा रहेको बस मोडमा सन्तुलन गुमाउँदा सडकबाट तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले यात्रुहरुको उद्धार गरिरहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरुको मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया