काठमाडौं, ६ असोज । एक स्थानीय तहमा पनि मेयर÷अध्यक्ष पद जित्न नसकेको रौतहटमा नेकपा एमालेले पहिलोपटक नगरपालिकाको उपमेयर जितेको छ ।
रौतहट एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला हो । यहाँबाट एमालेले धेरै आश गरेको थियो । तर, सोचेजस्तो परिणाम आएन् । वडाहरु जितेपनि तह जित्न नसकेको एमालेले विहिबार चन्द्रपुर नगरपालिकाको उपमेयर जितेको छ । यहाँ एमालेकी रामरती चौधरी ९९१६ मत ल्याएर उपमेयर निर्वाचित भइन् । उनले कांग्रेसकी उम्मेदवारलाई हराइन् ।
त्यस्तै, चन्द्रपुर नगरपालिकाको मेयरमा भने कांग्रेस विजयी भयो । कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९७८० मतसहित मेयर निर्वाचित भए ।












प्रतिक्रिया