११ मंसिर २०८३, शुक्रबार

एमाले भारतसँग होइन चीनतिर झुकाव राख्छ : केशव बडाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । एमालेका स्थायी समिति सदस्य केशव बडालले आफूहरू चीनसँग नजिक रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्थायी समिति सदस्य बडालले एमालेको झुकाव चीनसँग रहेको बताए ।

‘एमाले चीनसँग नजिक छ । स्वभाविक रुपमा चीनप्रति झुकाव राख्छ’, उनले भने, ‘भारतले सधै नेपाल र नेपालीप्रति राम्रो दृष्टीकोणले हेरेन । नेपाली जनताको भावनामा चोट पु¥याएको छ ।’

२ नं. प्रदेशमा पनि एमालेको पराजय हुनुमा भारतको हात रहेको स्थायी समिति बडालको भनाइ थियो । ‘सत्ताको दुरुपयोग, भारतको दवावलगायतका कारणले एमालेले २ नं. प्रदेशमा अपेक्षित परिणाम ल्याउन सकेन’, उनले भने ।

पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको समतल भू–भाग तराई मधेस रहेको बताएका एमाले नेता पौडेलले भने, ‘२ नं. प्रदेशमा बहुमत नआउँदैमा केही हुँदैन । एमाले पहिलो पार्टी बनि सकेको छ । कांग्रेसले एमालेलाई जित्न सक्दैन ।’

नेता बडालले संसद र प्रदेशको निर्वाचनमा पनि बहुमत ल्याएर एकलौटी सरकार बनाउने दाबी गरे ।