काठमाडौं, ६ असोज । काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ ।
सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
त्रिभुवन विश्वविद्यालय केयुबाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छैनन् ।
स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन ।
दुई वटा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन् ।












प्रतिक्रिया