१५ कार्तिक २०८३, आइतबार

धरहरा पुनर्निर्माणबाट पछि हट्यो नेपाल टेलिकम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । २०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो ।

टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्धारा स्वीकृत नभएको एवम स्थानीय बासिन्दाहरुको परम्परागत रितिरिवाजलाई देखाएको छ ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

टेलिकमले आफ्ना सर्त पुरा नहुने देखिएपछि धरहरा पुनर्निर्माणबाट हात झिकेको हो । यद्यपी, टेलिकमले काठमाडौं/ललितपुर/भक्तपुर दरबार स्क्वाएरमा क्षतिग्रस्त सम्पदा, धरहरा, स्वयम्भुनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुननिर्माण कार्यका लागि आगामी तीन बर्षभित्र एक अर्ब रुपैया योगदान दिने प्रतिबद्धतामा भने कायमै रहेको बताएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताए ।

यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरि जवाफ दिने बताएको थियो ।

दुई साता भन्दा बढी समय बितिसक्दा समेत टेलिकमले जवाफ नपठाएपछि प्राधिकरणले पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी पेश गर्न निर्देशन दिएको थियो ।

टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरि धरहरा पुनर्निर्माणवारे थप निर्णय गरिने प्रवक्ता भूसालले बताए ।