११ मंसिर २०८३, शुक्रबार

एकछिन पनि टिकेन जितको खुसी, विजय उत्सव मनाउँदा मनाउँदै हर्टअट्याक भएर मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ५ असोज (रासस) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित हुनुभएको थियो । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताउनुभयो । उहाँ एक छोरा र दुई छोरी छन् ।