११ मंसिर २०८३, शुक्रबार

शंकर पोखरेलको भन्छन्- देउवा लोकतन्त्रका खलनायक, जनताले जवाफ दिनेछन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ५ असोज । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रको खलनायकका रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी दाङले बिहिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले देउवा प्रधानमन्त्री भएको बेला जहिल्यै लोकतन्त्र खतरा पर्दै आएको दाबी गरे । ‘सत्ताको लागि जति चाहयो मन्त्री बढाउनुभएको छ । निर्वाचनमा जित हाँसिल गर्ने सत्ताको दुरुपयोग गर्नुभएको छ’, उनले भने– ‘देउवा प्रधानमन्त्री हुँदा जहिल्यै लोकतन्त्रमा अप्ठयारोमा प-यो । तर, त्यसको जवाफ जनताले निर्वाचन मार्फत दिदै आएका छन् र दिनेछन् ।’

प्रदेश नम्बर २ को निर्वाचनको मतपरिणाम पनि अपेक्षाकृत नै आइरहेको बताउदै उनले मुलुकको पहिलो पार्टी हुनबाट एमालेलाई कसैले रोक्न नसक्ने बताए । ‘स्थानीय तह निर्वाचनले संकेत गरिसकेको छ । आउँदो संघ र प्रदेशको निर्वाचनमा एमाले दुई तिहाई बहुमत सहित मुलुकको पहिलो पार्टी बन्छ’, उनले भने ।

यस्तै निर्वाचनमा ठुला नेताहरुलाई जिताउन पार्टीहररुबीच सल्लाह हुने गरेको खुलासा गर्दै नेता पोख्रेलले ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले अन्य र आफनो दलका ठुला नेता जिताउनका लागि अन्य दलसंग उम्मेदवारी दिने विषयमा गोप्य सहमति गरेको बताए । ‘तर, यस्को अर्थ यो हैन कि दलको प्रभाव क्षेत्र भएको स्थानमा अन्य दलका ठुला नेता आए जिताउन सकिन्छ । प्रभाव क्षेत्र अनुसार जस्तै रोल्पामा प्रचण्ड, भक्तपुरमा नारायणमान बिजुक्छेलाई अन्य दलले जिताउन खोज्नु स्वाभाविक प्रक्रिया नै हो ।’

नेता पोखरेलले दाङको २ नम्बर क्षेत्रबाट नै केन्द्रिय प्रतिनिधी सभाका लागि आफनो उम्मेदवारी रहने बताए । ‘माओवादी नेता कृष्ण बहादुर महरा जी नि यही क्षेत्र बाट निर्वाचनमा उठ्ने कुरा सुन्दै छु । मेरो त घर नै यही हो मैले यहाँ उम्मेदवारी दिनु स्वाभाविक नै छ । महरा जि पहिले दाङ अनि पछि रोल्पाबाट उठ्नुभयो । जनताले नैतिकताको राजनीति कसले गर्यो भनेर पक्कै बुझनेछन् । ’