११ मंसिर २०८३, शुक्रबार

केपी ओलीले बोलाए स्थायी कमिटी बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपराह्न बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको नतिजा, मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी, उम्मेदवारी चयन लगायत विषयमा छलफल तथा निर्णय लिने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठक अपराह्न ४ बजेपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।