सर्लाही, ५ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद अमरेशकुमार सिंहको सर्लाहीस्थित गृहनगरमा राष्ट्रिय जनता पार्टीले भारी मतले अग्रता लिइरहेको छ । र, कांग्रेस तेस्रो स्थानमा छ ।
अमरेशको गाउँ बलरा नगरपालिकामा कांग्रेस निकै पछि परेको हो । यहाँ मेयरमा राजपाका उम्मेदवार कांग्रेसभन्दा झण्डै एक हजार मतले अग्रता लिइरहेका छन् । यो अग्रता कायमै रहे यहाँ कांग्रेस नराम्रोसँग हार्ने निश्चित रहेको स्थानीय विश्लेषकको आकलन छ ।
पछिल्लो मतपरिणाम अनुसार यहाँ राजपा पहिलो, माओवादी केन्द्र दोस्रो र तेस्रोमा कांग्रेस रहेको छ । नेकपा एमाले भने चौथो स्थानमा छ ।
बलरा नगरपालिका प्रमुख:
राजपा– २६६१
कांग्रेस– १६५६
माओवादी– १७४०











प्रतिक्रिया