रौतहट, ५ असोज । रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा कांग्रेसका शेख वकिल ६ हजार ४ सय मत प्राप्त गरी विजयी भएका छन् । वकिलका प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण प्रसाद जैसवालले ४ हजार मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसकै सुगन्धी गिरी ५ हजार ९ सय २० मत प्राप्त गरी विजयी भएका छन् । ९ वटा वडा रहेको परोहा नगरपालिकामा २ वटा वडामा माओवादी केन्द्र र ७ वटा वडामा कांग्रेस विजयी भएका छन् ।











प्रतिक्रिया