वीरगञ्ज, ५ असोज । वीरगञ्ज महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार अगाडि देखिएका छन् । मेयरका उम्मेदवार अजय द्विवेदीले २३१२ र उपमेयर २६९३ मत पाएका छन् ।
दोस्रो स्थानमा राजपा नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले २२८६ र उपमेयरमा २११७ मत पाएका छन् ।
संघीय समाजवादी फोरम नेपालका विजय सारावगीले मेयरमा १५२१ र उपमेयरमा १५२५ मत पाएका छन् । एमालेका मयरका उम्मेदवार बसुरुद्धिन अन्सारीले १२१५ र उपमेयरमा १४१२ मत पाएका छन् ।
माओवादी केन्द्रका रह्बर अन्सारीले मेयरमा १३१४ र उपमेयर ९६७ मत पाएका छन् । फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले मेयरमा ६७२ र उपमेयर ५५१ मत पाएका छन् ।











प्रतिक्रिया