
सप्तरी, ४ असोज । राजनीतिक दलहरुले निकै चासोको रुपमा हेरेको सप्तरी जिल्लाको चुनावी परिणाम निकै रोमाञ्चक देखिएको छ ।
मंगलबार अगाडि रहेका दलहरु बुधबार पछाडि परेका छन् । केही तहमा भने लगातार अग्रता देखिएको छ । अहिलेसम्मको मतगणना अनुसार, काँग्रेस ६ तहमा र फोरम नेपालले ५ तहमा अग्रता लिएको छ ।
कहाँ – को अगाडि ?
काँग्रेस
कञ्चनरुप नगरपालिकामा कांग्रेस सबैभन्दा अगाडि छ । कांग्रेसको ८६६ मत, दोस्रोमा एमालेको एमाले ६ सय ९१ मत र फोरम नेपालले ५०९ मत पाएको छ ।
खड्ग नगरपालिकामा पनि काँग्रेस नै अघि छ । कांग्रेसको १३४५, एमाले १२२५ र राजपाको १०२२ मत छ ।
बिष्णुपुर गाउँपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको छ ।
बेल्ही चपेना, कृष्णासावरण र तिलाठी कोइलाडी गाउँपालिकामा पनि काँग्रेस अगाडि छ ।
संघीय समाजवादी फोरम
महदेवा, बलान बिहुल, तिरहुत गाउँपालिका र बोदे बर्साइन तथा हनुमाननगर कंकालनी नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल अगाडि छ ।
एमाले
शम्भुनाथ र सुरुङ्गा नगरपालिकामा एमाले अगाडि छ । शम्भुनाथमा एमालेलाई लोकतान्त्रिक फोरमले र काँग्रेसले टक्कर दिइरहेका छन् । यसैगरी, सुरुङ्गा नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमालेलाई फोरम लोकतान्त्रिक ६२२ र कांग्रेसले नै टक्कर दिइरहेका छन् ।
यसैगरी, सप्तकोशी नगरपालिकामा एमालेका मेयर उम्मेदवार २००२ मत ल्याएर सबैभन्दा अगाडि छन् । माओवादी केन्द्रले १३२० र कांग्रेसले ८७१ मत पाएको छ ।
नेपाल लोकतान्त्रिक फोरम नेपाल
हनुमाननगर कंकालनी नगरपालिकामा फोरम नेपाल अगाडि छ । बोदे बर्साइन नगरपालिकामा पनि फोरम नै अगाडि छ ।
राजपा
डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा अगाडि देखिएको छ । डाक्नेश्वरीमा राजपालाई काँग्रेस र एमालेले टक्कर दिइरहेका छन् ।
नयाँ शक्ति
सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्तिले अग्रता लिएको छ । नयाँ शक्तिलाई फोरम नेपालले टक्कर दिइरहेको छ ।











प्रतिक्रिया