– जम्बला लामा
सर्वप्रथम सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा अव आउने २०७३ अशोज ५ गतेदेखि शुरु हुन लागेको महान चाड पर्व वडा दशैं उत्साहका साथ मनाउन भनि मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै तेस्रो वर्षमा प्रवेश गरेको संविधान दिवसलाई पनि सफलताका साथ मनाएकोमा नेपाल सरकारलाई शुभकामना व्यक्त गर्दछु ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट गोपाल खड्कामाथि कारवाही अगाडि बढाउने प्रस्ताव सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राख्दा उनले आफैले कारवाही नगर्ने भनी पछाडी हटेका थिए । त्यतिखेर आपूर्ति मन्त्री पनि माओवादीकै गणेशमान पुन थिए ।
भर्खरै सम्पन्न भएको २ नं. प्रदेशको स्थानीय तहको निर्वाचनमा तराई नेपालको जनसहभागिता उत्साहपूर्ण र शान्तिपूर्ण वातावरणमा उपस्थित भई आफ्नो बालिक मताधिकार प्रयोग गरी स्थानीय तहको प्रतिनिधि चुनेको अवस्थालाई पनि धन्यबाद व्यक्त गर्दछु । परिणाम जनताले आफूलाई विश्वास गरेको नेता अर्थात् प्रतिनिधिलाई आफ्नो गोप्य मत जाहेर गरी प्रतिनिधि चुनेका छन् । यसको परिणामहरु भोट गणना हुँदैजादा थाहा हुन्छ की फलानो पार्टी प्रथम, फलानो पार्टी दोस्रो र तेस्रो चौथो पनि सार्वजनिकता मत गणना सम्पन्न भईसकेपछि निर्वाचन आयोगले गर्ने नै छन् ।
अतः सरकार र निर्वाचन अयोगलाई पनि नागरिकको तर्फबाट २ नं. प्रदेशको स्थानीय तहको निर्वाचन शान्तिमय वातवरणमा सम्पन्न गरेकोमा धन्यबाद व्यक्त गर्दछौं । र प्रदेश २ को सम्पूर्ण जनसमुदायलाई पनि शुभकामना तथा धन्यबाद व्यक्त गर्दछौं ।
हाल सम्पन्न भएको २ नं. प्रदेशका निर्वाचनले मधेशी जनताको आँखामा खुशी छाएको नागरिकलाई महशुस भएको छ । उनीहरु भन्छन् २० वर्षदेखि कर्मचारीबाट बोकेको दुःख कष्ट अब समाप्त भएको छ । आफूले चुनेको व्यक्ति अर्थात् प्रतिनिधिले गाउँको विकास अन्य जुनसुकै सिफारिस गर्नको लागि सदरमुकामसम्म धाईराख्नु परेन । आफ्नै स्थानका वडा कार्यालयबाट नै आपूmले चुनेको प्रतिनिधिले नै गर्ने भएको मा खुशी मनाउँछन् मधेशी जनता ।
मधेशी जनताको चाहना यस प्रकारका छन् । उनीहरु भन्छन् गाउँ नगर र वडा वडामा राम्रो विकास होस् । मूख्य विकास भनेको कृषि क्षेत्रालाई बढी महत्व दिएका छन् । र त्यस पछि शिक्षा क्षेत्रलाई पनि महत्व दिएका छन् । अन्तिममा स्वास्थ्य चौकीहरु प्रत्येकका गाउँपालिका र कस्तो ठाउँमा अर्थात् एक गाउँपालिकामा कम्तिमा पनि पाएक मिलायर ३÷३ वडा कार्यालयलाई लक्षित गरी जनसंख्याको आधारलाई मान्यता दिई स्वास्थ्य कार्यालयहरु राख्न भन्ने मनसाय बुझेको छ । हाल सम्पन्न भएको प्रदेश २ का १३६ तहमा निर्वाचित हुनुपर्ने संख्या ६ हजार ६ सय २७ प्रतिनिधिहरु हुनेछ ।
गोपाल खड्का हटाउने केपी ओलीको त्यो प्रस्ताव, पछि हटेका प्रचण्ड
प्रचण्ड पछि हटेको कारणले नै त्यतिखेर गोपाल खड्कालाई कारवाही गर्न सकिएन । यदि त्यतिबेला नै कारवाही भएको भए राष्ट्रले त्यति धेरै रकम क्षति व्यहोर्नु पर्दैन थियो । माओवादी अध्यक्षको गलत सोचाईको परिणाम अहिले देखियो ।
चार वर्षको लागि गोपाल खड्कालाई नियुक्ति गरेको थिए अर्थात् आयल निगमको प्रबन्ध निर्देशक गोपाल खड्कालाई आर्थिक अनियमितमा लिप्त हुँदा आफ्नो पदावधि नपुग्दै पदबाट बरखास्त भएको समाचार अखबारमा पढे । उनी सडक डिभिजनबाट अवकास भएपछि उनलाई आयल निगमको नेतृत्वमा नियुक्ति पाएपछि उनी नेपाल आयल निगमको हालीमूहालीमा उनको राम्रो कमाइको धन्दाहरु भएको भनि आयल निगमकै कर्मचारीहरु नै गुनासो गर्छन् । गोपाल खड्का प्रखर भ्रष्टको व्यक्ति हुन् भनि सडक डिभिजन कार्यालयमा हुँदा नै थाहा भएको थियो । त्यतिखेर पनि उनलाई कारवाहीको सिफारिस भएको नै थियो । तर उनको महान ठूला ठूला नेताहरुसँग सम्बन्ध भएको कारणले उनलाई कसैले पनि कारवाही गर्ने शक्ति भएन । उदाहरणको लागि गोपाल खड्काले २०७२ को भूकम्पको र भारतको नाकाबन्दीले देशलाई ग्याँस, मट्टीतेल, पेट्रोल र डिजेजस्तो अति आवश्यक पदार्थहरुलाई पनि गोपाल खड्काले अतिचार नै अर्थात् कालोबजारीलाई साथ दिएको थियो । त्यतिखेर केपी ओली सरकाले उनलाई कारवाही गर्ने भनि साझेदारी सरकार पार्टनरलाई प्रस्ताव राख्दा प्रचण्ड आफैले कारवाही नगर्ने भनि पछाडी हटेको समाचारहरु मिडियामा आएको नै थियो । त्यतिखेर आपुर्ति मन्त्री पनि माओवादीको गणेशमान पुन नै थिए । तर प्रचण्ड पछि हटेको कारणले नै त्यतिखेर गोपाल खड्कालाई कारवाही गर्न सकिएन । यदि त्यतिबेला नै कारवाही भएको भए राष्ट्रले त्यति धेरै रकम क्षति व्यहोर्नु पर्दैन थियो । माओवादी अध्यक्षको गलत सोचाईको परिणाम हुन् भन्ने जनसमुदायको विचार हो ।
तर ढिला भए पनि नेपाल सरकारले हिम्मत भएको मन्त्री परिषद्ले गोपाल खड्कालाई बरखास्त गरियो । यदि जनआवाज नआएको भए त्यो पनि खड्कालाई निगममा नै राज गराउने थियो । तर नाम नतोकौं यी पार्टीकै नेता र हाल मन्त्री परिषद्मा आशिन भएको व्यक्तिहरु नै हुन् गोपाल खड्काको सेवा गर्ने व्यक्तिहरु ।
विगतदेखि नै अनियमितामा उच्च राजनैतिक नेतृत्व र दलालशक्ति समूहका आडमा कारवाहीबाट मुक्ति पाउँदै आएको गोपाल खड्का अहिले कारवाहीको फन्दामा परेका छन् । यस्तो अपराधि गतिविधिको व्यक्ति अर्थात् राष्ट्रलाई नै डुबाउने मनासय भएको व्यक्तिलाई आयल निगमको प्रबन्ध निर्देशक नियुक्तिको सेट मिलाउने व्यक्तिले पनि कतै गोपाल खड्काबाट अशुली धन्दा त गरेको छैन ?
अख्तियारको काम के ?

अतः वर्षोदेखि भ्रष्टाचार भएको छ है गोपाल खड्काबाट भनि अखबारहरुमा पत्रकारहरुले व्यापक भइरहे पनि अख्तियार दुरुपयोग अनुसन्धानले पत्रिका नै नहेरी आँखा चिम्म र कानले नसुन्ने गरी तेल राखेर बसे झै गर्न मिल्छ ? के अख्तियारको काम कहाँ कुन अड्डा र मन्त्रालयमा कस्तो प्रकार, कस्तो किसिमको विकासमा अनियमिता भ्रष्ट्राचार भयो त्यो केलाउने काम अख्तियारको होइन ? अख्तियारले मात्र ५ हजार १० हजार बढीमा ३ लाखसम्मको निचा कर्मचारीलाई मात्र कारवाही गरेको बाहेक के काम गरेको छ ? जस्तो की गोपाल खड्का जस्तो घृण व्यक्ति अर्थात् पैसा भनेपछि उनीले देशलाई पनि बेच्न सक्छन् भने त्यस्ता व्यक्तिलाई भ्रष्ट्राचार भएको कानले सुने र पनि नसुनेजस्तो र देखेर पनि नदेखेजस्तो गरी वस्नु अख्तियारलाई मिल्छ ?
सरकारले जनताले तिरेका करको तलब भत्ता खुवाएको नै छन् । तर नमकहलाल नगरी अख्तियारले पनि नमक हराम गरेको हो की भन्ने जनसमुदायको चासो आएको छ । अव पनि सबै बल अख्तियारमा नै छन् गर्ने की नगर्ने त्यो अख्तियारको निर्भरमा पर्छ । यदि आफ्नो नातागोता भएको छ भने पूर्व प्रमुख लोकमान कार्कीले जस्तो भ्रष्ट्राचारी फाइललाई तामेली राख्छन् । यदि आफ्नो नातागोता परेनन् भने अख्तियारले गोपाल खड्कालाई पक्कै पनि कारवाही गर्नेछ भन्ने जनविचार हो ।
पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीले त्यस्तै खेलहरु खेलेको थियो । उनले एन्फाको पूर्व अध्यक्ष गणेश थापाले ५६ करोड रुपैयाँ हिनामिना गरेको थियो । तर कार्कीले गणेश थापा आफ्नो छोरो प्रबल कार्कीको मामा ससुरा भएको कारण उनले गणेश थापाको अनियमिता गरेको फाइल तामेलीमा राखेको जकजाहेरै छन् । त्यस कारण गोपाल खड्कालाई कारवाही गर्नेमा अख्तियार तयार छ की छैनन् ? त्यो विषय अख्तियारले जनताको सामु जायर गर्नु पर्नेछ । अबको दिन अख्तियारले गोपाल खड्कालाई कारवाही गर्नको लागि नजिक आएको जनविचार हो । जनतालाई लाग्छ गोपालको छायाँले अख्यिार पनि तर्सिन्छन् की ।
आपका हैं की, बापका ?
प्रधानमन्त्री देउवाले आपका हैं की बापका भनेजस्तो गरी राज्यमन्त्री थप्नु भनेको माथिको टिप्पणीको आधारमा मिल्छ । एक भारतीयले एक जना नेपालीलाई भनेको शब्द हो यो । नेपालीले फुइफट्टा खर्च गरेको देखेर भारतीलयले भनेछ, क्या हैं भाई आपका हैं की बापका अर्थात् यो तेरो कामाई हो की बाबुले कमाएको ? उनको भनाई थियो आफूले कामाएको भए यसरी फजुल खर्च गरी खेर नगर । तर तेरो बाबुले कमाएको भए जे गरेपनि हुन्छ । अर्थात् आपका कमाई हैं की बापका भनेजस्तो शेर बहादुर देउवाले गरेको मन्त्री परिषद्मा थप मन्त्री त्यस्तै हुन गएको छ ।
कहाँनिर मन्त्री पुगेन अर्थात् संविधानको अनुपातमा हो भने २५ जनाभन्दा बढी मन्त्रिपरिषद् हुँदैन भनि उल्लेख गरेको छ, तर शेरबहादुर देउवाले आफ्नो बाबुको पैत्तृक सम्पत्ति जस्तो ठानी ५६ जनाको जम्बो मन्त्रीमण्डल बनाउने र गोपाल खड्काले जस्तो गरी देश डुबाउने त होइन ? सोच्नुपर्ने बेला आएको छ ।
(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य हुन्।)
















प्रतिक्रिया