११ मंसिर २०८३, शुक्रबार

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एमाले र फोरमको रोमाञ्चक प्रतिस्पर्धा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ४ असोज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एमाले र संघीय समाजवादी फोरम नेपालबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।

अध्यक्षमा नेकपा एमालेका निरराज गिरी ११ मतले मात्र अगाडि छन् । उनले ४३० मत पाएका छन् भने संघीय समाजवादी फोरमका प्रदीपकुमार जैसवाल ४१९ मतका साथ दोस्रो स्थानमा छन् ।

उपाध्यक्षमा एमालेकै केदारकुमारी विश्वकर्मा ४९९ मतका साथ अगाडि छिन् । उनलाई संघीय समाजवादीकै फुलमती कुमारी थरुइनले ३९५ मतका साथ पछ्याइरहेकी छिन् ।