काठमाडौं, ४ असोज । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी उपसचिव प्रेमप्रसाद अचार्यलाई दिएको छ ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचारको अभियोगमा बर्खास्तीमा परेपछि बुधबार आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्म आचार्यलाई जिम्मेवारी दिएका हुन् ।
दशैंको समयमा निगम नेतृत्वविहीन हुँदा पेट्रोलियम आपूर्तिमा समस्या हुनसक्ने भन्दै आचार्यलाई जिएमको जिम्मेवारी दिएको आपूर्तिमन्त्री मण्डलले स्पष्ट पारे ।











प्रतिक्रिया