११ मंसिर २०८३, शुक्रबार

केपी ओली भन्छन्– कांग्रेस र माओवादीले लोकतन्त्रलाई लुटेर खाने भाँडो बनाए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सत्तारुढ गठबन्धनमाथि तिखो प्रहार गरेका छन् ।

नवलपरासीको गैडाकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस र माओवादीले लोकतन्त्रलाई लुटेर खाने भाँडो बनाएको टिप्पणी गरे । साथै उनले जनताको जीवनमा परिवर्तनको अनुभुति गराउने कामका लागि एमालेको पक्षमा उभिन अपिल गरे ।

विकास र समृद्धिका लागि एमाले रोज्न आग्रह गर्दै ओलीले भने– सातै प्रदेशमा बहुमतका साथ एमालेले प्रदेश सरकार गठन गर्नुपर्छ, केन्द्रमा अत्यधिक बहुमतका साथ बलियो सरकार बनाउनु पर्छ । यस्को लागि जनता अलमलमा पर्नु हुँदैन्, एमाले नै रोज्नु पर्छ ।’

अब देश बनाउन कांग्रेस–माओवादीलाई त्याग्नैपर्ने भन्दै ओलीले अगाडि भने– ‘जाँहानिया पार्टी हो कांग्रेस, माओवादी र अरु पार्टीको त कुरा गर्नै आवश्यक छैन । अब कांग्रेस सिद्धिसक्यो, सिद्धिसकेको कांग्रेस र माओवादीलाई बोकेर हिडनुको केही अर्थ छैन । कुहिएको अंग प्रत्यंग झरी आफ्नै शरिर बिटुलो हुन्छ ।’