रौतहट, ४ असोज । एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेको रौतहटको सदरमुकाम गौर नगरपालिकाको वडा नं. २ बाट राष्ट्रिय जनता पार्टी नेपालका वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका छन् ।
वडा नंं. २ बाट वडाध्यक्षको उम्मेदवार बनेका राजपा नेपालका राकेशकुमार झा विजयी भएका हुन् ।
झाले ३ सय ७३ मत ल्याई विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी बहुजन समाजवादी पार्टीका उम्मेदवार राजिन्न साहले २ सय ३९ मत प्राप्त गरेका थिए । बरिष्ठ नेता नेपालको आफ्नै वडामा भन्ने एमाले चौथो नं. हुन पुगेको छ ।
यो वडामा कांग्रेस र माओवादीले कुनै कमाल देखाउन भने सकेनन् । सोही वडामा बरिष्ठ नेता नेपालले मतदान गरेका थिए ।











प्रतिक्रिया