धनुषा, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट धनुषाको हंशपुर नगरपालिकामा उम्मेदवार बनेका मेयर र उपमेयर विजयी भएका छन् ।
प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका हुन् । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् ।
मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।











प्रतिक्रिया