११ मंसिर २०८३, शुक्रबार

वीरगञ्जमा राजपाले ह्वात्तै मतअन्तर बढायो, एमाले पुछारमा संघर्ष गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेशमान सिंह

वीरगञ्ज, ४ असोज । वीरगञ्ज महानगरपालिकामा राजपा नेपालले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले १४०२ र उपमेयर १३७७ मत पाएका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले १२०० र उपमेयरमा १२८२ मतसहित पछ्याइ रहेका छन् । संघीय फोरमका मेयर उम्मेदवार विजय सारावगीले ६६६ र उपमेयरमा ६५८ मत पाएका छन् ।

माओवादी केन्द्रका मेयर उम्मेदवार रह्बर अन्सारीले ५५९ र उपमेयरमा ४३३ मत आएको छ । एमालेका मेयर उम्मेदवार बरुद्धिन अन्सारीले ५०७ र उपमेयरमा ५८४ मत पाएका छन् ।

फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवार विमल श्रीवास्तवले ३७० र उपमेयरमा ३०४ मत आएको छ ।