३ कार्तिक २०८३, मंगलबार

शिव परियारले यो वर्षको दसैंमा सिकागोमा मनाउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिकागो । गायक शिव परियारले यसपटकको दसैं अमेरिकाको सिकागोमा मनाउने भएका छन् । सिकागोमा रहेका नेपालीहरूसँग उनले रमाइलो गरेर मनाउने तयारी गरेका हुन् ।

‘पिउदिन भन्दा भन्दै पिलायो साथिले, बेहोशीपछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौ, अलिकती नजर तिम्रो, नभेटी नभेटी, रित्तो रित्तो छु म, पागल बनायौ प्रिय, सुन्छु तिमले मलाई, रुपौली रानी’ जस्ता दर्जनौ गीत गाएर युबा पुस्ताका तन्नेरीहरूलाई नचाउन खप्पिस भर्सटायल आधुनिक तथा पप गायक परियारले यो अमेरिकामा रहेका नेपालीहरूको मन जित्ने तयारी गरेका छन् ।

२०५९ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा सर्वश्रेष्ठ भै नेपाल प्रथम पुरुस्कार प्राप्त गरेका परियार गीत सङ्गीतलाई स्तरीय बनाउन १७ वर्षसम्म पूर्वीय सास्त्रीय संगीतको अध्ययन गरेका छन ।

यो अवधिमा उनले १० वटा गीति एलबम निकालेका छन् । तीमध्य ५ वटामा आफनै संगीत छ ।

नारायण गोपाल युबा सङ्गीत पुरुस्कारद्वारा सम्मानित गायक परियार २ वर्षअघि नेपाल सरकारले युथ नेसनल ट्यालेन्ट अवार्ड सहित एक लाखको पुरुस्कारले पुरस्कृत गरेको थियो ।

मुलुकभित्र हुने महोत्सब र ठूला स्तरीय कार्यक्रममा युबा तन्नेरीहरूको अत्यधिक माग हुने गायक परियारलाई अमेरिका लगायत विश्वका २४ राष्ट्रमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् ।

स्थानीय जगदीश यादव र भुवन राई जस्ता स्वर र संगीतका प्रभाबकारी कलाकार हुँदाहुँदै सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीले परियारलाई अतिथि कलाकारको रुपमा गाउन लगाउदै छ ।

परियारले लौ न हजुर एउटा मान्छे, दिल चोरेर फरार भो, मेरो मायाले छुन्छ हुँदैन, यो दिल हरेर पागल बनायौ प्रिय जस्ता करिब एक दर्जन गीत गाउने छन् ।

सेप्टेम्बर २४ को साँझ ५ बजेदेखि सिकागोको देभनस्थित नर्थ सोर बेन्कट हलमा हुने उक्त सांगीतिक कार्यक्रममा स्थानीय कलाकार ललिता पौडेल बिष्णु दर्लामी, सिन्जु न्यौपाने लगायत आधा दर्जन बाल कलाकाको प्रस्तुति रहनेछ ।