११ मंसिर २०८३, शुक्रबार

वीरगञ्जमा राजपा र कांग्रेसबीच टक्कर, राजेशमानको अग्रता कायमै (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेशमान सिंह

वीरगञ्ज, ४ असोज । वीरगञ्ज महानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले १२४५ मतसहित लिड गरेका छन् । उपमेयरमा ३७१ मत आएको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ११०४ मत पाएका छन् । उपमेयर ४२५ मत आएको छ ।

संघीय फोरमका विजय सारावगीले ५९० र उपमेयरले २४४ मत पाएका छन् । एमालेका बसरुद्धिन अन्सारीले मेयरमा ५७७ र उपमेयरमा ९६ मत पाएका छन् ।

माओवादी केन्द्रका रह्बर अन्सारीले मेयरमा ४६५ र उपमेयर १६४ मत पाएका छन् । लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले मेयरमा ३०१ र उपमेयर ९३ मत पाएका छन् ।

बीरगन्ज महानगर मेयर अपडेट:

राजपा १२४५
काग्रेस ११०४
फोरम ५९०
एमाले ५७७
माओवादी ४६५
लोकतान्त्रिक ३०१