सर्लाही, ४ असोज । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका उम्मेदवार दीपमान लोप्चनले ३११ मतसहित अग्रता लिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका लोप्चनलाई माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार नागेन्द्र चौधरीले २०७ मतसहित पछ्याइ रहेका छन् । तेस्रो नं. मा एमालेका सुरवीर तामाङ छन् । सो वडामा अब करिव १५० मत गन्न बाँकी छ ।
वडाध्यक्षमा जितको नजिक रहेका लोप्चन चरेभावर पार्टीका उपाध्यक्ष एवम् शान्ति सेनाका कमाण्डरपनि हुन् ।











प्रतिक्रिया