३ कार्तिक २०८३, मंगलबार

पतिसँग डिभोर्स गरेकी गायिका मिलन भन्छिन्- म अप्ठ्यारोमा छु, अझै चोट माथि चोट नदेउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पतिसँग सम्बन्ध विच्छेद गरेकी गायिका मिलन अमात्यले आफ्नो निजी मामिलामा दख्खल नदिन सबैमा आग्रह गरेकी छन् । पतिसँगको डिभोर्सलाई लिएर केही सञ्चार माध्यमले अतिरञ्जित ढंगबाट प्रचार गरेकोमा दुःख व्यक्त गर्दै मिलनले सोमबार राति आफ्नो फेसबुकमा अनुरोध पत्र लेखेर आफू निकै दुःखमा रहेकाले थप दुःख नदिन आग्रह गरेकी हुन ।

यस्ताे छ मिलनकाे अनुराेध पत्र :

सम्पूर्ण शुभचिन्तक आफन्त मित्रहरु अनि संचारकर्मी मित्रहरु,

अहिले मेरो बारेमा बिभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रती मेरो ध्यानाकर्षण भएको छ । म बिशुद्द नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगित साधक हुँ । अहिलेको मेरो पारिवारिक र ब्याक्तिगत कुराहरुको बारेमा म मिडियामा प्रचार गर्न चाहन्न । मेरो ब्यातिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होईन ।

म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जिबन छ, परिवार छ अनि मेरो पनि मन छ र दुःख पर्दा म पनि रुन्छु ।अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न नगराउन मेरो हार्दिक अनुरोध छ ।

अहिले सम्म आएका नकारात्मक कुराहरुका बारेमा कानुनी उपचारको लागी मेरो कानुनी सल्लाहकार टिमसँग सहकार्य हुँदै नै छ, यध्यपी म कसैलाई पनि नराम्रो होस भन्ने चाहाना राख्ने ब्यक्ती नभएको स्पष्ट पार्दै अहिले म आँफै असजिलो अवस्थामा रहेको बेला अझै चोट माथी चोट दिएर पिडित नबनाई दिन म सबै सँग बिन्ती गर्छु  । ??

केहि समय मलाई कुनै पनि निजी बिषयमा केहि कुरा नगरिदिन र मलाई यो असजिलो समय देखी बाहिर ल्याउनरबाहिर आउन दिन सबैसँग हार्दिक बिनम्र अनुरोध गर्दछु  । ?
तपाँईहरुको गायिका 
मिलन नेवार