गायिका शीतल शर्माले गीतसंगीतका साथै बुटवलमा रहेको एक टेलिभिजनमा कार्यक्रम समेत चलाउँदै आएकी छिन् । उनीले धेरै गीतमा स्वर दिएकी छिन् । शर्माले कार्यक्रम त राम्रो चलाउँछिन् नै । गीत पनि उस्तै राम्रो गाउने उनको दाबी छ । बाग्लुङ्ग जिल्लामा जन्मिएर स्टेजमा उदघोष्ण गर्दागर्दै शर्मा सांगीतिक क्षेत्रमा लागकेी हुन् । गायिका शर्मासँग अनिल खत्रीले गर्नु भएको कुराकानी :
आजकाल केमा व्यस्त हुनुहुन्छ ?
गीत संगीतमा सक्रिय छु । विभिन्न स्टेज कार्यक्रम उद्घोषण गर्ने गरेकी छु । बुटवलको एउटा टिभीमा कार्यक्रम सञ्चालन गर्दै आएको छु ।
सांगीतिक यात्रा कसरी शुरु गर्नुभयो ?
मेरो सांगीतिक यात्रा झण्डै ३ वर्षको भयो । सक्रिय भएर लागेको छु । स्टेज कार्यक्रम उद्घोषण गर्न थालेको १४ वर्ष भयो । म सुरुमा स्टेज कार्यक्रमहरु सञ्चालन गर्दै आए गीत संगीतमा पनि मेरो सानैदेखिको रुचि थियो । स्टेज कार्यक्रमसँगै टिभीमा पनि कार्यक्रम सञ्चालन गर्दै आएँ । मेरो मनैदेखि नै सांगीतिक क्षेत्रमा प्रबेश गर्ने इच्छा थियो । त्यसैले पनि केही वर्ष यता मैले सांगीतिक क्षेत्रमा पनि प्रबेश गरेकी छु ।
तपाईका सुरुवाती रुचि के थियोे ?
मान्छे अगाडि बढ्नका लागि केही ईच्छा चाहिन्छ । सानैदेखि लाई गीत संगीतिमा रुचि थियो । कतिपय ईच्छा चाहनाहरु आफूले चाहेभन्दा आफ्नो अन्तरआत्माभन्दा फरकबाटोतिर पनि जान्छन् । सबै ईच्छा आकांक्षहरू पूरा गर्न सबैकुराबाट मेल हुनुपर्ने हुन्छ । मेरो खÞास रुचि त डाक्टर हुने थियो । मध्यम परिवारमा जन्मेकी व्यक्ति हुँ । मैले जुन कुरा सोँचेकी थिए त्यो आर्थिक अभावमा पूरा हुन सकेन ।
गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ?
पक्कै पनि कुनै पनि काममा आत्मैदेखि रुचि सोँच भएन् भने टिक्न र बिक्न सकिदैन । म गायन क्षेत्रमा लागेर धेरै खुसी छु । किनकि मलाई संगीतले बाच्न सिकायो । यसले थप उर्जा पनि दिएको छ । म खाली समयमा सधै संगीतमै सक्रिय हुने गरेको छु ।
कस्ता खाले संगीतमा बढी रुचि राख्नुहुन्छ ?
गीतले सन्देस दिनुपर्छ भन्ने मान्यता मेरो छ । मैले हालसम्म बजारमा ल्याएका गीतहरु सन्देश मुलक गीत ल्याएकी छु । गीतले समाजमा सकरात्मक परिर्वतन ल्याउनु पर्छ भन्ने मेरो सोच रहेको छ । मैले आधुनिकसँगै लोक गीतमा बढी रुचि छ । गाउन र सुन्न सबै किसिमका नेपाली गीत सङ्गीत मन पर्छ ।
गीत संगीतमा लाग्दा सबैभन्दा दुःखको क्षण पनि छ कि ?
संघर्ष र मिहिनेत गर्दागर्दै पनि मेरो कदर भएन भने त्यस बेला चित्त दुख्छ । अग्रजले नै हेप्न खोज्ने तथा कार्यक्रम रातारात खोसिने त्यो बेला एकदम मन दुख्थ्यो ।
यस क्षेत्रमा लागेदेखि कुनै दिन पछुतो लागेन ?
पछुतो लागेको छ । आजभोलि पनि लागछ । तर, आफ्Þनो कामप्रतिको जिम्मेवारी कहिले भुल्दिन् । पछुतो लागेर पनि रहर बाध्यता दुबैसँग जुध्नु पर्छ ।
संगीतमा भविष्य छैन भन्छन् नि ?
मेहनत गर्नु पर्छ परिश्रमबिना कुनै ठाउँमा भबिष्य हुँदैन् । भविष्यको कुरा के गर्नु कसलाई थाह छ र ? कति बेला के हुन्छ ? तर, आफूलाई मन परेको पेशामा लगनशील भएर काम गरे अवश्य राम्रो हुन्छ ।
मोडलिङ गर्न मन लागेन ?
मन त सबैतिर हुन्छ तर सबैतिर खुट्टा राखियो भने गन्तब्यमा पुग्न सकिँदैन । मनभन्दापनि आफूलाई के उपयुक्त हुन्छ त्यो ठूलो कुरा हो मैले अहिलेसम्म ६ ओटा गीतमा अभिनय गरेकी छु ।
के भयो भने रिस उठछ ?
सकरात्म सोँचौ यो जीवन भाग्यले पाएको एउटा रंगमञ्च हो । तर, कोही कसैले केही कुरामा झूठ बोल्यो वा विश्वासघात गर्छ भने रिस उठ्छ । तर, म छिटो रिसाउँदिन ।
सांगीतिक शिलसिलामा कुन कुन देशमा पुग्नु भएको छ ?
आफ्नै देशका धेरै ठाउँ पुगेकी छु । धेरै पटक भारत गएको छु । कतारपनि गएको छु ।
अत्यामा पाठक वर्ग र तपाईलाई मन पराउनेहरूलाई के भन्नु हुन्छ ?
सम्पूर्णलाई मेरो सम्मान छ । जसरी आजको दिनसम्म शीतल शर्माले राम्रो गर्छ भनेर बिश्वास गर्नु भएको छ । मेरो प्रस्तुतिलाई माया गरी दिनु भएको छ । खुसी छु । आगामी दिनमा पनि दर्शक स्रोताको माया पाइ रहुँ त्यही मेरा शुभेच्छुकहरूलाई भन्ने ।













प्रतिक्रिया