जनकपुर, ३ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर दुईमा खाता खोलेको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार राजपाले कांग्रेस नेता विमलेन्द्र निधिको गृहजिल्ला धनुषाबाट विजयी सुरुवात गरेको हो ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया