
बारा, ४ असोज । प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
पछिल्लो मतपरिणामअनुसार मेयरमा एमालेका कृष्ण पौडेलले २९८२, माओवादी केन्द्रका राजन पौडेलले २५५६, कांग्रेसका कृष्ण ब्रत सिंहले २२०८ मत प्राप्त गरेका छन् ।
यसअघि तेस्रो स्थानमा रहँदै आएको माओवादीले निकै प्रगति गरेको छ । कांग्रेसलाई उछिन्दै ३ सय मतको अग्रताका साथ दोस्रो स्थानमा छ ।
जितपुर-सिमरा उपमनपाको पछिल्लो मत परिणाम :
एमाले- मेयर २९८२ उपमेयर २७९३
माओवादी- मेयर २५५६ उपमेयर २३१३
काङ्ग्रेस- मेयर २२०८ उपमेयर २५३५











प्रतिक्रिया