३० आश्विन २०८३, शुक्रबार

गैरजिम्मेवार बन्दै प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-On-Rest-Big-650x468काठमाडौं, २२ कात्तिक । संविधानको विवादित विषयमा सहमति जुटाउन बस्ने बैठकहरुमा सरकार प्रमुख र संविधानसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतले प्रधानमन्त्री सुशील कोइरालाको भूमिका र माग धेरै छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति  बाबुराम भट्टराईले त उनलाई भेटेरै सहमतिको पहल गर्न पटकपटक आग्रह पनि गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । तैपनि,त्यस्तो बैठकहरुमा प्रधानमन्त्री कोइराला रुची नै देखाउँदैनन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट फर्केपछि कोइराला शीर्षतहका एक–दुई बैठकमा मात्रै सहभागि भएका छन्,त्यो पनि एमाओवादीले आपत्ति जनाएपछि ।

आफ्नो सरकारी निवास बालुवाटारबाहिर हुने बैठकमा उनी सहभागि छैनन् । अमेरिकाबाट फर्केयता संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा त कोइराला एकपटक पनि सहभागि भएनन् । उनी समितिका सदस्य पनि हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार संसद् खुलाउन एकीकृत माओवादीसँग भएको छलफलमा कोइराला उपस्थिजत भएका थिए ।

त्यसयता उनी एकदुई बैठकमा मात्रै सहभागि भए । आफू सहभागि नभए पनि प्रधानमन्त्रीले अरु नेतालाई वार्ता,संवाद र सहमति गर्ने जिम्मा दिएको अधिकारीले बताए ।