१ कार्तिक २०८३, आइतबार

आइओएफटीसीद्वारा पूर्ण गुरुङलाई आर्थिक सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । अमेरिकाको पोर्टल्यान्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्ड्शिप तेक्वान्दो च्याम्पियनशीप (आइओएफटीसी) ले दुवै मुगौला फेल भएका गायक तथा संगीतकार पूर्ण गुरुङलाई मुगौला ट्रान्सफर गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

आइओएफटीसीका प्रतियोगिता डाइरेक्टरमार्फत प्राप्त भएको १ लाख २ हजार रुपैयाँ नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले प्रदान गरे ।

टिचिङ अस्पतालमा पुगेर विरामीलाई रकम हस्तान्तरण गरेको ढुंगेलले बताए । त्यसैगरि युयुएनटीएफबाट प्राप्त ३५ हजारसमेत सोमबार नै गुरुङलाई प्रदान गरिएको ढुंगेलले बताए ।

‘इन्द्रेणी कार्यक्रममार्फत सहयोगका लागि अपिल भएको थाहा पाएपछि विदेशबाट सहयोग गर्नेहरु बढेका छन्’ ढुंगेलले भने,‘हामी दाताले दिएको रकम सदुपयोग होस् भनेर लागिरहेका छौं । पुर्ण गुरुङ बचाउन अभियानमा हाम्रो सहयोग र समर्थन रहिरहने छ ।’

ढुंगेलले तेक्वान्दोले आपत्मा परेकाहरुलाई विगतदेखि नै आफूले सकेको सहयोग गर्दै आएको बताए ।