काठमाडौं । बौद्धिकतासहितको सौन्दर्य भन्ने नाराका साथ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको मिस काभ्रे २०१७ को नवौं संस्करणको ताज स्नेहा प्रधानाङ्गले जितेकी छिन् ।
उनले शीर्ष उपाधिबाहेक बेस्ट ड्रेस र मोस्ट कन्फिडेन्टको अवार्ड पनि जितेकी छिन् । प्रतियोगितामा फस्र्ट रनरअप मोनिका के.सी.ले ब्युटिफुल स्माइलको उपाधि जितेकी थिइन् भने सेकेन्ड रनरअप पुनम नापितले डिसिप्लेनको उपाधि जितेकी थिइन् ।
कार्यक्रमको कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डिरेक्टर राज फैजुले गरेका थिए । प्रतियोगितामा अन्य शिर्षक उपाधि मध्ये भिवर च्वाइस र वेस्ट ट्यालेन्टमा अनुषा श्रेष्ठ, ब्युटिफुल कम्प्लेक्सनमा दिया तामाङ्ग, फोटोजेनिकमा उस्मिता कायस्थ, फेन्डसिपमा अविना श्रेष्ठ, इनरजेटिकमा सविता श्रेष्ठ, पर्सनालिटिमा संगिता गुरुङ, र वेस्ट वाकमा सिम्रिका देउजाले उपाधि जितेका थिए ।
विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसरका साथै कार्यक्रमका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुद्धारा उपहार तथा नगद प्रदान गरिएका थिए ।
प्रतियोगिताको निर्णायकहरुमा हब इन्टरनेश्नल एजुकेशनका निर्देशक सरिता खड्का मोडल इशा चौधरी, समाज सेवी एवं महिला ब्यवसायी पविना खड्का, आलोह हिमालय इन्भेस्टमेंटका निदेशक र डिपुटी म्यानेजर सीडीसी सिनेमाज का अंजली लिगल प्रधानाङ्ग रहेका थिए ।
















प्रतिक्रिया