१ कार्तिक २०८३, आइतबार

निम्स, बाबा, टीआईए र सिद्धार्थ सेमिफाइनलमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । निम्स, बाबा, टीआईए र सिद्धार्थ बनस्थली दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

निम्सले मातृभूमिलाई ३–१ गोलले पराजित ग-यो । निम्सका सिधु लामाले २ तथा शंकर परियारले १ गोल गरे । बाबाले साविक उपविजेता संस्कृतिलाई २–० गोलले हरायो । बाबाको जितमा दुवै गोल अनमोद श्रेष्ठले योगदान दिए ।

एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगितामा टीआईएले द इलाइट्स को–एडमाथि ३–१ को जित दर्ता ग¥यो । टीआईएका पाल्साङ तामाङले २ तथा श्रृजन लामाले १ गोल गरे । इलाइट्सका कृष्ण विकले सान्त्वना गोल गरे ।

सिद्धार्थ बनस्थलीले जोसेफलाई टाइब्रकेरमा ३–१ गोलले पाखा लगायो । सिद्धार्थका मृदुल पौडेल, आकाश राई र अन्जन मगरले पेनाल्टी अवसरलाई सदुपयोग गरे । जोसेफबाट रोशन मात्र पेनाल्टीमा गोल गर्न सफल रहे ।

निर्धारित २४ मिनेटको खेल २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो । सेमिफाइनलमा बाबाले निम्स तथा टीआईएले सिद्धार्थ बनस्थली विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।