३ कार्तिक २०८३, मंगलबार

मधेसमा कसका लागि भोट माग्दैछन् निखिल उप्रेती ?

81.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । चर्चित अभिनेता निखिल उप्रेती अहिले मधेसमा भोट माग्न व्यस्त छन् । प्रदेश नम्बर दुईका ८ जिल्लामा असोज २ गते हुन निर्वाचनमा नायक विश्व कटुवालकी आमा कल्पना कटुवालका लागि भोट माग्न निखिल आफ्नो गाउँ आएका हुन् । विश्व निखिलले बनाएको फिल्म ‘रूद्र’का डेब्यू नायक हुन् । उनी म्युजिक भिडियोमा चर्चित थिए ।

निखिलका दाजु एमाले तर्फबाट निर्वाचित सासंद हरि उप्रेतीको निवार्चन क्षेत्र सर्लाही–४ को बर्थवा नगरपालिकामा विश्वकी आमा मेयर उम्मेदवार छिन् । उनी एमालेबाट उम्मेदवार बनेकी हुन् । उनकै लागि अहिले निखिलले आफन्त, परिवारसँग भेटघाट गरेर भोट मागिरहेका छन् ।

यसअघि दाजु हरि उप्रेतीलाई सांसदमा जिताउन लागिपरेका निखिलले बर्थवा नगरपालिकामा विश्वकी आमाको प्रतिस्पर्धा कांग्रेससँग हुने तर जित हाम्रै हुने बताउँछन् ।

उनले आफू दाइको पार्टीलाई सघाउन आएको स्पष्ट पार्दै राजनीति गर्ने सोच नरहेको पनि बताए ।