३० आश्विन २०८३, शुक्रबार

नेपालमा कहाँ बस्छन् आतंकवादीहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Terrorist_by_Hateclawकाठमाडौं, २१ कात्तिक । भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको सेल्टरवनेको बंगालको गुप्तचर निकायले दावी गरेको छ ।

गुप्तचर विभागले बंगाल सरकारलाई हालै वुझाएको एक प्रतिवेदनमा नेपाली क्षेत्र आतंकवदीको गढ वनेको दावी गरिएको छ ।

खुला सीमाको फाइदा आतंककारीहरु उठाइरहेका छन्, गुप्तचर विभागको प्रतिवेदनमा भनिएको छ,उनीहरु बंगालको पानीटंकी र बिहारको गलगलियावाट प्रवेश गर्ने योजनामा रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

वंगलादेशीसहित पाकिस्तानी आतंककारीहरुले नेपाललाई ट्रान्जिट बनाएर गतिविधि वढाएको दावी गुप्तचरले गरेको छ ।

उसले बंगालमा प्रतिवन्धित आतंककारी संगठन कामतापुरी लिवरेसन अर्गनाइजेसन केएलओ संगको सम्पर्कमा विदेशी आतंककारी संगठनले गतिविधि वढाएको गुप्तचरलाई उद्धृत गर्दै सिलिगुडीवाट प्रकाशित हिमालय दर्पण दैनिकले उल्लेख गरेको छ ।