३ कार्तिक २०८३, मंगलबार

‘लकै खराब छ’ फिल्मको गीत रेकर्डिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही काम बिग्रियो, आटेको काम बनेन वा जीवनमा केही अशुभ भयो भने आममानिसले झट् उच्चारण गर्ने केही शब्द छन् । तीमध्यको एक ‘लकै खराब छ’ पनि हो ।

यही ‘लकै खराब छ’ शब्दबाट नाम राखेर चलचित्र बन्ने भएको छ । निर्माता अनोज अधिकारीले यो नामबाट चलचित्र बनाउन लागेका हुन् ।

‘ब्ल्याक डायरी’बाट निर्माणमा देखिएका अधिकारीले दोस्रो चलचित्रको रुपमा ‘लकै खराब छ’ बनाउन लागेका छन् ।

आस्टिक स्टुडियो नक्सालमा चलचित्रको टाइटल गीत ‘लकै खराब छ‘ रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको छ । प्रमोद ढुंगानाको शब्द, मनोज चौलागाइको संगीत रहेको चलचित्रको टाइटल गीत गायक कौशलराज खड्काको स्वर छ ।

क्याट भिजन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा ४ गीत रहने संगीतकार चौलागाइले जानकारी दिए ।

कमेडी शैलीमा युवाको विषयवस्तुमा निर्माण हुन लागेको चलचित्र सुजन घिमिरेले निर्देशन गर्दैछन् ।

चलचित्रको लागि कुमार गजुरेल कलाकारको रुपमा फाइनल भएको र अन्य छनौटको क्रममा रहेको निर्माता अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चलचित्रको दशै तिहार पछि मात्र छायाँकन थालिनेछ ।