३ कार्तिक २०८३, मंगलबार

नेपाल आईडलको ग्राण्ड फिनाले कतारमा, सुरु भयो तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । नेपाल आइडलको ग्राण्ड फिनाले कतारको राजधानी दोहामा हुंदैछ ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आईडलको ग्राण्ड फिनाले यही सेप्टेम्बर २२ तारिखमा हुनेछ ।

ग्राण्डमलको एम्पिथिएटरमा हुने ग्राण्डफिनालेको तयारीका लागि नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको ६ जनाको टोली बिहीवार कतार आइपुगेको छ ।

टोलीमा निर्देशक पौडेलसहित कार्यक्रम उदघोषक सुशील नेपाल, क्यामेरा हेड शिवराम श्रेष्ठ, आइटी हेड धनञ्जय आचार्य, लाईट डिजाइनर पंकज बिक सहितको टोली दोहा आइपुगेको छ ।

दोहाको हमाद इन्टरनेश्नल एयरपोर्टमा एभरेष्ट नेपाल युथ एसोसिएसन अध्यक्ष उत्तम गुरुङ सहितको टोलीले स्वागत गरको थियो ।

नेपाल आइडलको टोली कार्यक्रम फिनालेभन्दा ९ दिन अगाडि तयारीका लागि कतार आएको छ ।

आफ्नो छोटो भनाई राख्दै नेपाल आइडलका निर्देशक पौडेलले नेपालभन्दा बाहिर आएर कार्यक्रम गर्नु पर्ने भएकाले आफूहरू केही दिन अगाडि नै आएको जानकारी दिए ।